काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा दरखास्त आवेदन माग गरेको छ।
बैंकले आज एक शुक्रबार सूचना प्रकाशन गरी ६७ जना कर्मचारीको लागि दरखास्त माग गरेको हो ।
बैंकले जारी गरेको सूचनामा अधिकृत तृतीय श्रेणीको सहायक निर्देशक १९, लेखा तथा लेखापरीक्षणतर्फ अधिकृत तृतीय श्रेणीका ५, वाणिज्य कानुनतर्फ २, सूचना प्रविधितर्फ ६ जना, सहायक द्वितीय श्रेणीअन्तर्गत कानुनतर्फ ४ र सूचना प्रविधितर्फ ११ जना कर्मचारी चाहिएको उल्लेख गरेको छ ।
दरखास्त दिनको लागि यही पुस २६ गतेसम्मको समयसीमा तोकिएको छ ।