काठमाडौं । मिस नेपाल नम्रता श्रेष्ठलाई शनिबार चन्द्रागिरीमा सम्मान गरिएको छ ।
वडा नम्बर १५ निवासी श्रेष्ठलाई अदिवाह नेपालले सम्मान गरेको हो । राप्रपाका केन्द्रीय सदस्य, समाजसेवी तथा यातायात विज्ञ देवेन्द्र प्रधानले प्रमुख अतिथिको रुपमा उनलाई सम्मान गरेका हुन् ।
प्रमुख अतिथि प्रधानले मिस नेपाल राष्ट्रका गहना भएकाले सरकारले पनि सम्मान गर्नुपर्ने बताए । उनले समाजमा जुनसुकै क्षेत्रमा योगदान दिनेलाई पनि सरकार र सरोकारवाला निकायले सम्मान गरे उनीहरुमा कामप्रतिको हौसला बढ्ने बताए ।
सम्मान पाएपछि श्रेष्ठले आफू निकै खुशी भएको बताइन् । उनले आगामी दिनमा पनि आफ्नो यात्रालाई अगाडि बढाउने प्रतिबद्धता जनाइन् ।
संस्थाका सचिव रमण श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा चन्द्रागिरी हिल्सका महाप्रबन्धक अभिषेक विक्रम शाह विशिष्ट अतिथि थिए ।