काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट शरतसिंह भण्डारी मन्त्री बन्ने भएका छन् ।
आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताको बैठकमा लोसपालाई श्रम मन्त्रालय दिने टुंगो लागेको ती नेताले जानकारी दिए ।
भण्डारी गएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर–२ बाट निर्वाचित भएका थिए । उनी पञ्चायतकालदेखि पटक–पटक मन्त्री बनिसकेका छन् ।


