काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेड र नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी असार ३१ गतेदेखि एकीकृत कारोबार गर्ने भएको छ ।
यी दुई लघुवित्त एक आपसमा मर्जर भइ ‘विजय लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट एकीकृत कारोबार हुन लागेको हो ।
यी दुई लघुवित्त १ः१ सेयर स्वाप रेसियोमा मर्जरमा जान लागेका हुन् । मर्जरमा जाने प्रारभिक समझदारीपत्रमा गत मंसिर २६ गते हस्ताक्षर भएको थियो भने अन्तिम हस्ताक्षर वैशाख ३० गते भएको थियो ।


