काठमाडौं । लामो समयदेखि बक्यौता रकम भुक्तानी नगरेको भन्दै नेपाल विद्युत प्राधिकरणल उद्योगको लाइन काटे पनि अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्योगीहरुको पक्षमा वकालत गरेका छन् । मन्त्री महतले मंगलबार एक कार्यक्रममा उद्योगको लाइन काट्ने विद्युत् प्राधिकरणको निर्णयमा पुनर्विचार हुनुपर्ने बताए ।
उद्योग व्यवसायका साथै समग्र अर्थतन्त्र नै कमजोर रहेका समयमा प्राधिकरणले लिएको अप्रिय निर्णय पुनर्विचार गर्नुपर्ने बताएका हुन् । उनले विभिन्न उद्योगमा भइरहेको अहिलेको दबाबलाई सोचेर मात्रै काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।
सञ्चारकर्मीसँग चितवनमा कुरा गर्दै उनले भने, ‘लोडसेडिङ हुँदा दिएको डेडिकेटेड लाइनबारेका विवादलाई लिएर उद्योगको बिजुली काट्ने कुरामा नेपाल विद्युत् प्राधिकरणले पुनः विचार गर्नुपर्छ ।’