काठमाडौं । चीनबाट नेपाल भ्रमणका लागि १८१ चिनियाँ पर्यटकहरू काठमाडौंमा आइपुगेका छन्। उनीहरु बिहीबार १८१ जनाको समूह विमान चार्टर गरेर काठमाडौं आएका हुन् ।
चिनियाँ पर्यटकहरूलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदुत छेन् सङ लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गरे।
हिमालय एयरलाइन्सको विमान चार्टर गरेर १८१ जना चिनियाँ पर्यटकहरू नेपाल भ्रमणमा आएका हुन्। उनीहरूको करिब ७ देखि १० दिन नेपालमा विभिन्न पर्यटकीय गन्तव्यहरूमा घुम्नेछन्।


