काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले देशको अर्थतन्त्रमा समस्या रहेको बताएका छन् ।
मंगलबार दिउँसो नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी प्रतिनिधिमण्डलसँग भएको भेटवार्तामा उनले यस्तो बताएका हुन् । सो अवसरमा महासंघका अध्यक्ष शेखर गोल्छाले नवनियुक्त अर्थमन्त्रीलाई सिंगो निजी क्षेत्रका तर्फबाट बधाई एवं शुभकामना दिए । अध्यक्ष गोल्छाले सो अवसरमा अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा व्रिफिङ गरेका थिए
नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थमन्त्रालयका सचिवद्वयको समेत उपस्थितिमा आयोजित भेटघाटमा अर्थमन्त्री पौडेलले महासंघले अगाडि बढाएको अर्थतन्त्र जोगाऔं अभियानलाई सरकारको पनि समर्थन रहेको बताए । उनले व्यवसायीलाई दह्रो मनोवलका साथ काम गर्न समस्याको समाधान गर्न प्रतिवद्ध रहेको बताए ।


