काठमाडौं । नेपाल बैंक लिमिटेडका तत्कालीन् शाखा प्रबन्धक भूपराज कोइराला भ्रष्टाचारी ठहर भएका छन्। बिशेष अदालतले उनलाई मंगलबार दोषी भएको फैसला सुनाएको हो । सजाय भने केही दिनपछि तोकिने बिशेष अदालतले जनाएको छ ।
बैंकको सिस्टम ह्रयाक गर्ने, बैंकमा जम्मा गर्नुपर्ने व्याज आफ्नो निजी खातामा जम्मा गर्ने लगायतका कामबाट भ्रष्टाचार गरेको भन्दै उनीविरुद्ध दायर मुद्दामा अदालतले दोषी ठहर गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५४ लाख ८४ हजार बिगो कायम गरी २१ असार २०७७ मा मुद्दा दायर गरेको थियो ।
नेपाल बैंक लिमिटेडको काठमाडौँको बैङ्किङ अफिस र डिल्लीबजार शाखामा कार्यरत रहेका कोइरालाले बैङ्किङ सिस्टमअन्तर्गत व्यक्तिगत दिइएको अरु कसैले प्रयोग गर्न नमिल्ने टेलर आइडी र सिस्टम सुपर युजर विद्युतीय माध्यमको दुरुपयोग गरेको भेटिएको थियो। त्यसमार्फत उनले ५४ लाख ८४ हजार रुपैयाँ विभिन्न खातामा जम्मा गरी भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि भएको अख्तियारको दाबी थियो।