स्याङजा । यस जिल्लाका ख्यातिप्राप्त शिक्षासेवी एवं समाजसेवी स्वः पुष्पमान श्रेष्ठको ९५ औ स्मृतिदिवसको अवसरमा गत विहीबार स्थानीय विद्यालयमा एक श्रद्दाञ्जली सभा आयोजना गरियो । पुष्पचन्द्र ट्रष्टको आयोजनामा गरिएको उक्त कार्यक्रममा काजीमानहरिटिका माध्यमिक विद्यालयका उत्कृष्ट छात्रछात्राहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रममा स्वर्गीय पुष्पमान श्रेष्ठले समाज विकासमा दिएको सामाजिक एवं राजनीतिक योगदानको वारेमा चर्चा गरिएको थियो । सौ जिल्लाको शैक्षिक विकासमा उनले खेलेको भूमिकाको प्रशंशा गरिएको थियो । सामाजिक सेवा, समपर्ण र राजनीतिको स्वार्थ समाज केन्द्रित हुन्छ न कि ब्यक्ति भन्ने उनको मुख्य उद्घोष थियो ।



