काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।
आज प्रदेश १ र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ।
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही देशका बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।


