काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
बैंकका अनुसार आइतबार एकसय भारतीय रूपैयाँको खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा निर्धारण गरिएको छ भने एक अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ७३ पैसा र बिक्री दर १३३ रुपैयाँ ३३ पैसा कायम गरेको छ । यसैगरी आजका लागि एक, युरोपियन युरोको खरिद दर १४६ रुपैयाँ ३५ पैसा र बिक्री दर १४७ रुपैयाँ ०१ पैसामा कारोबारको अनुमति दिएको छ ।
बेलायती पाउण्ड भाउ घटेर एकको खरिद दर १६९ रुपैयाँ ०८ पैसा र बिक्री दर १६९ रुपैयाँ ८५ पैसा कायम हुँदा अष्ट्रे्लियन डलर एकको खरिद दर ९० रूपैयाँ ३५ पैसा तथा बिक्री दर ९० रूपैयाँ ७६ पैसा रहेको छ ।


