आइतबार कति बढयो नेप्से ?
काठमाडौं । आइतबार सेयरबजार परिसूचक नेप्सेमा सामान्य बृद्धि भएको हरियो भएको छ।
आज नेप्से १०.२७ अंकले बढेको हो । सेन्सिटिभ सूचक पनि ३.११ अंकले बढेको छ।
आइतबार आज २ अर्ब ६७ करोडको मात्रै कारोबार भएको छ।
आइतबार २१९ कम्पनीको ६१ लाख कित्ता सेयर उक्त रकममा कारोबार भएको हो
आज मनकामना स्मार्ट लघुवित्तका सेयरधनीले १० प्रतिशत अर्थात् प्रतिकित्ता ९९.१० रुपैयाँ आम्दानी गरेका छन्। त्यसैगरी तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले ९.६५ प्रतिशत, उपकार लघुवित्तका सेयरधनीले ९.१३ प्रतिशत, गुह्येश्वरी मर्चेन्टका सेयरधनीले ८.५७ प्रतिशत र एनआईसी एसिया सेलेक्ट फन्डका सेयरधनीले ७.२६ प्रतिशत कमाएका छन्।


