काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आजबाट भूकम्प प्रभावित क्षेत्रमा आफ्नो पार्टीकाएक हजार स्वयंसेवक खटिने बताएका छन् ।
महासचिव पोखरेलले भूकम्प प्रभावित क्षेत्रको स्थगत अनुगमन गरेर फर्केका एमाले केन्द्रीय सदस्य निरज आचार्य नेतृत्वको टोलीसँगको छलफलका क्रममा यस्तो जानकारी गराएका हुन् ।
भुकम्प पिडितहरुका लागि राहत वितरणमा वर्तमान सरकारका प्रतिनिधिहरुबाट सत्ता र शक्तिको चरम दुरुपयोग भएको आरोप लगाउँदै कर्णालीमा भएको प्राकृतिक विपत्तिमा सबै क्षेत्रका नागरिकको साथ र सहयोग छ भन्ने सन्देश प्रवाह गर्नकै लागि पनि पार्टीका ९ वटै प्रदेश कमिटीहरुको प्रतिनिधित्व हुने गरी एक हजार स्वयंसेवक परिचालन गर्न लागेको जानकारी दिए ।


