काठमाडौं । आज देशका केही स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ। साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा अपराह्नतिर हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। यसबाहेक देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।


