काठमाडौं । आज कोशी र गण्डकी प्रदेशमा भारी वर्षा हुनसक्ने जल तथा मौसम विभागले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार खासगरी पश्चिमतिर घाम लागेको बताए ।
‘अहिले बिहान कतै घाम, कतै बादल यस्तै छ’, उनले भने, ‘तर बिस्तारै बादल बढ्दै गएर दिउँसोतिर पानी पर्ने सम्भावना छ, त्यस्तो ठूलो वर्षाको सम्भावनाचाहिँ देखिएको छैन।’
महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशको पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै गण्डकी प्रदेशका एकरदुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। कोशी, मधेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ।


