काठमाडौं । मौद्रिक नीति सार्वजनिक भएसँगै केही बढ्न सुरु भएको सेयर बजार आज पनि नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । बुधबार नेप्सेमा २३.८३ बृद्धि भएको हो ।
आज २२७ कम्पनीका ७५ लाख आठ हजार १८८ किक्ता सेयर किनबेच भएको छ ।
आज दिनभर तीन अर्ब १६ करोड ६१ लाख ४५ हजार १४२।९९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
बुधबार १३ उपसमूहमध्ये १२ उपसमूह परिसूचक बढेको छ भने एउटा उपसमूहको परिसूचक घटेको छ ।
आज फाइनान्स समूहको ४.१३ प्रतिशत, हाइड्रोपावर समूहको २.९६ प्रतिशत, माइक्रोफाइनान्स उपसमूहको २.२७ प्रतिशत, विकास बैंकको १.४९ प्रतिशत, अन्य समूहको २.५ प्रतिशत, लगानी समूहको १.०२ प्रतिशत, होटेल तथा पर्यटन समूहको ०.८६ प्रतिशत, ननलाइफ इन्स्योरेन्स समूहको ०.५३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको ०.३७ प्रतिशत, म्युचअल फन्डको ०.१५ प्रतिशत, लाइफ इन्स्योरेन्स समूहको ०.३५ प्रतिशत र बैंकिङ समूहको ०.०७ प्रतिशतले बढेको छ भने भने व्यापार समूहको ०.५८ प्रतिशतले घटेको छ ।


