काठमाडौं। नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षमा शेषराज भट्टराई निर्वाचित भएका छन्। शनिबार काठमाडौंमा भएको निर्वाचनमा विष्णुहरि पाण्डेलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।
निर्वाचनमा भट्टराई पक्षका वर्चस्व रहेको छ। पदाधिकारीमा पाण्डे समूहबाट उपाध्यक्ष लक्ष्मण पौडेल र भुवनबहादुर क्षेत्री मात्रै निर्वाचित भएका छन्। योबाहेक सबै पदाधिकारी पदमा भट्टराई पक्षमा निर्वाचित भएका छन्।
भट्टराई पक्षबाट उपाध्यक्षमा दीपकराज भुसाल, महासचिवमा दीपकराज भुषाल, सचिवमा भवनाथ हुमागाईँ, रत्नबहादुर भट्टराई रहेका छन्। कोषाध्यक्षमा आशिष कार्की, सह–कोषाध्यक्षमा विकल्पराज पौडेल निर्वाचित भएका छन्।


