काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले ऋण मिनाहा हुन्छ भन्ने अराजक हल्लाहरु बजारमा चलाइएकाले ऋण असुलीमा केहि समस्या देखिएको देखिएको बताएका छन् । उनले आज बसेको संसदको अर्थसमिति बैठकमा नेपालको बैंकहरु सुरक्षित रहेको जिकिर गरे ।
उनले नेपालका बैंकहरुको अवस्थालाई हेरेर नै विदेशी बैंकहरुले नेपाललाई विश्वास गरिरहेको धारणा राखे ।
अराजक गतिविधिले बैंकिङ क्षेत्रको मनोबल गिराउने काम भइरहेको भन्दै उहाले अराजकतालाई रोक्न नसके सोचे अनुसारको कर्जाको माग हुने र कर्जा प्रवाह हुने अवस्था नरहने बताए ।
गभर्नर अधिकारीले अहिले बैंकसँग लगानी गर्ने ६ खर्ब रुपैयाँको तरलता रहेको र खराब कर्जा ३ दशमल ४० प्रतिशत पुगेको जानकारी दिए ।


