काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू सरकारको नेतृत्व गरेपछि परिणाममुखी काम गरेको दावी गरेका छन् । उनले आज बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा १३१ औँ माओ दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
‘गहिरोगरी हेर्ने हो भने, हामीले एक वर्षको अवधिमा गरेका कामका केही नयाँ रेकर्डहरु बनेका छन्,’ उनले भने, ‘अर्को वर्ष हाम्रै नेतृत्वका सरकारले विकास, सेवा, सुशासन र सामाजिक न्यायको क्षेत्रमा नयाँ रेकर्डहरु निर्माण गर्नेछ।’ उनले आफूले सबै मन्त्रालय, मन्त्री र सचिवहरुले काम गरे–नगरेको निगरानी सुरु गरेको बताए। ।


