काठमाडौं। एनआईसी एसिया बैंकको २६औँ वार्षिक साधारण सभाले सम्पन्न गरेको छ । आइतबार सम्पन्न सभाले गत आर्थिक वर्ष २०७९/८० को चुक्ता पुँजीको २९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.५२६३ प्रतिशत नगद लाभांश गरी कुल ३०.५२६३ प्रतिशत लाभांश स्वीकृत गरेको हो।
बैंकले ३ अर्ब ३५ करोड ३५ लाख ६१ हजार ५ सय ५६को बोनस सेयर र १७ करोड ६५ लाख ३ हजार २ सय ४० रुपैयाँको नगद लाभांश गरी कुल ३ अर्ब ५३ करोड ६४ हजार ७ सय ९६ रुपैयाँको लाभांश वितरण गर्न लागेको हो।
२९ प्रतिशत बोनश शेयर पारित गरेपछि बैंकको कुल चुक्ता पूँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९ सय २२ रुपैयाँ पुगेको छ।


