काठमाडौं । सुन तस्करीको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बुधबारको प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ ।
बैठकको सुरुवातमै एमाले सांसदहरु आसनबाट उठेर छानबिन समितिको माग गर्दै विरोध जनाएका थिए । सभामुख देवराज घिमिरेले एमाले सांसद सूर्य थापालाई बोल्न समय दिएपछि सत्तापक्ष माओवादी, कांग्रेस, जसपाका सांसदहरु पनि विरोधमा उभिएका थिए ।
एमाले सांसद थापाले तस्करीको सुन समातेको २२ दिन पुगिसक्दा पनि सरकारले छानबिन समिति गठन नभएको भन्दै आपत्ति जनाए । थापाले बोलेपछि एमाले सांसदहरुले सभामुखको वेल घेराउ गर्दै उच्चस्तरीय छानबिन समिति गठन गर भन्दै नाराबाजी गरे ।


