काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै छ । । बैठक बिहान ११ बजे च्यासलस्थित पार्टी मुख्यालयमा बस्नेछ बस्ने तय भएको छ ।
एमालेले केन्द्रीय कमिटी बैठकको ६ वटा कार्यसूची तय गरेको छ । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन गर्नेछन् ।
बैठकमा समग्र पार्टीको सांगठनिक कामको समीक्षा तथा पार्टीको शुद्धीकरण र सुदृढीकरण कार्यक्रमको अवधारणाबारे छलफल हुनेछ ।
कार्यसूचीमा पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबको ‘एजेन्डा’ तथा समसामयिक प्रस्ताव छन् ।


