काठमाडौं । विहीबारबाट सुरु भएको नेकपा (एमाले) को केन्द्रीय समितिको बैठक आज पनि जारी रहने छ ।
बैठकको पहिलो दिन हिजो अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलले छलफलका लागि अजेन्डा पेस गरेका थिए ।
केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन बिष्टले हिजो पेस गर्न बाँकी रहेका प्रदेश कमिटीका प्रतिवेदन आज प्रस्तुत गरिने बताए । उनले भने, ‘आज गण्डकीबाट पद्मा अर्याल, बाग्मतीबाट गोकर्ण विष्ट, सम्पर्क समन्वय कमिटीबाट लालबाबु पण्डित, उपत्यका विशेष प्रदेशबाट सुजिता शाक्यले आ –आफ्नो क्षेत्रको प्रतिवेदन पेस गर्नेछन्, ‘उक्त प्रतिवेदनमाथि समूह विभाजन गरी छलफल गरिनेछ, समूह छलफल पछि प्रदेश अध्यक्षहरूले निष्कर्षका रूपमा सुझाव प्रस्तुत गर्नु हुनेछ ।’


