काठमाडौं । आज बिहान प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक बस्ने भएको छ ।
बैठक बिहान साढे ११ बजे सिराहाको धनगढीमाई नगरपालिका–४, सर्रे अम्वास (विष्णुपुरकट्टी)मा बस्ने उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।
बैठक भदौ ९ गते बस्ने तय भए पनि वर्षाका कारण स्थगित भएको थियो । बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमको बारेमा छलफल हुने बताइएको छ ।


