काठमाडौं । अनलाइन सट्टेबाजी गराउने वेबसाइटको प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकारलाई जनही ५ हजार रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।
जिल्ला अदालत, काठमाडौंले सट्टेबाजीको प्रचार गरेको अभियोगमा पक्राउ परेका उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएसँगैउनीहरुलाई छाडिएको जिल्ला प्रहरी कार्यालय, काठमाडौंका एसपी सीताराम रिजालले बताए ।
प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले सट्टेबाजी गराउने वेवसाइटको प्रचारमा संलग्न रहेको आरोपमा बल्छी ध्रुवे र राजुमास्टरसँगै जलन घर्तीमगर, अलिश राई गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा र सरोज घिमिरेलाई पनि पक्राउ गरेको थियो । उनीहरुलाई विज्ञापन नियमन गर्ने ऐन २०७६ को दफा ५ को उपदफा २ (ढ) र दफा २५ को उपदफा १ बमोजिम कसुर गरेको अभियोग छ ।