काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केबलकारलाई यातायातको रूपमा प्रयोग गर्नुपर्ने बताएका छन् ।
उनले आइतबार लुम्बिनी केबलकारको भ्रमणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
उनले नेपालमा सडक बनाएर डाँडामा पुग्नुभन्दा केबलकार बनाएर त्यहाँको प्रवर्द्धन र सामान आयात गर्नुपर्ने व्यवस्था हुन आवश्यक रहेको बताए । केबलकारहरूले नेपालको अर्थतन्त्र चलायमान बनाउन र पर्यटन प्रवर्द्धन गर्न र विद्युत् खपत बढाउने काम गरेको उनले बताए ।


