काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर ३३ सय ५७ जनामा गरिएको परीक्षणमा ३५७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसै अवधिमा ६२ जना संक्रमणमुक्त भएका छन्। हालै देशभर १९ सय ८२ जना सक्रिय संक्रमित रहेका छन् जसमध्ये काठमाडौंमा ११ सय ९ जना, ललितपुरमा १६० जना र भक्तपुरमा ४२ जना रहेका छन्।
सरकारले ५ सयभन्दा बढी सक्रिय संक्रमित भएको जिल्लालाई ‘रेड जोन’मा राख्ने गरेको छ। हाल काठमाडौंमा हजार जनाभन्दा बढी सक्रिय संक्रमित रहेकाले ‘रेड जोन’मा परेको छ।


