काठमाडौं । शनिबार कोशी प्रदेशका मुख्यमन्त्रीमा नियुक्त भएका केदार कार्कीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।
कार्कीले आज बिहान ओली निवास बालकोटमा पुगेर भेटघाट गरेका हुन्।
उृनले आज शपथग्रहण गर्ने कार्यक्रम रहेको छ। उनीहरुबीच कोसीमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा कुराकानी भएको बताइएको छ । कार्कीले एमालेलाई समेटेर आज सानो आकारको मन्त्रिमण्डल गर्ने गर्ने तयारी गरेका छन्।


