काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु पुँजी कर्जासम्बन्धी मार्गनिर्देशन धेरैले नबुझेको टिप्पणी गरेका छन् ।
उनले आइतबार काठमाडौंमा आयोजित वित्तीय साक्षरता टेलिभिजन कार्यक्रम उद्घाटनका क्रममा सो निर्देशिकामा धेरै राम्रा कुरा भए पनि कसैले बुझ्न नखोजेको जिकिर गरे ।
“चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन समग्र वित्तीय क्षेत्रकै हितमा छ । तर, त्यसको बारेमा धेरैले नबुझेको जस्तो लाग्यो । सम्बन्धित निकायले पढ्दै पढ्नु हुँदैन,” उनले भने, “वित्तीय साक्षरता सबैलाई आवश्यक छ । यो निरन्तर चलिरहने प्रक्रिया हो । तर, बैंकर्सहरूले पनि कतिपय प्रोडक्टहरू बुझ्नुभएको छैन ।”


