काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मंकिपक्सलाई विश्व स्वास्थ्य संकटकाल घोषणा गरेको छ। विश्व स्वास्थ्य संकटकाललाई डब्ल्यूएचओको सबैभन्दा ठूलो चेतावनी मानिन्छ।
मंकिपक्सका बिरामीको संख्यामा आएको तिब्र वृद्धिपछि डब्ल्यूएचओले यस्तो अलर्ट जारी गरेको हो। डब्ल्यूएचओका निर्देशक डा। टेड्रस एडहनम गेब्रिसियसले विश्वभरका ७५ देशमा मंकिपक्सका १६ हजार केस आएको जानकारी दिए।


