काठमाडौं । डेंगु संक्रमणबाट काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ ।
उनको बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको वडासचिव प्रकाश खड्काले बताए ।
उच्च ज्वरो र निमोनियाँ देखिएपछि उनलाई अस्पताल लगिएको थियो । ५ दिनको उपचार अवधिमध्ये २ दिन आइसीयू र २ दिन भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । कांग्रेस काठमाडौँ क्षेत्र नं ७ का क्षेत्रीय सभापतिसमेत रहेका रिजाल काठमाडौँ महानगरपालिका–१६ मा दोस्रोपटक वडाध्यक्षमा निर्वाचित भएका थिए ।
महानगरले रिजालको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राष्ट्रिय सभागृहमा राख्ने भएको छ ।


