काठमाडौं । आज सुनको मूल्यमा बृद्धि भएको छ । अधिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु चार सयले बढेको छ।
अघिल्लो दिन प्रतितोला रु ९९ हजार तीन सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९९ हजार सात सय तोकिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार दुई सय छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९८ हजार आठ सय थियो।


