काठमाडौं । सरकारले दुई सचिवलाई सरुवा गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको जलस्रोत तथा सिंचाईमा र ऊर्जा जलस्रोत तथा सिंचाई सचिव केशवकुमार शर्मालाई यातायात मन्त्रालयको सचिवमा सरुवा गरिएको हो ।


