काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा नेकपा एमालेका सचिव तथा अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्य रहेका टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई काठमाडौं ल्याएर आजै अदालतमा पेश गरिने भएको छ ।
प्रहरीका अनुसार सन्दीपलाई काठमाडौं ल्याउन भैरहवा विमानस्थल लगिए पनि मौसम प्रतिकूल भएका कारण उडान हुन सकेको छैन। नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा जोडिएका सन्दीप बुधबार साँझ बुटवलबाट पक्राउ परेका थिए। नक्कली शरणार्थी प्रकरणमा नाम मुछिएपछि एमाले सचिव समेत रहेका रायमाझी र उनका छोराविरुद्ध बुधबार पक्राउ पुर्जी जारी भएको थियो।
छोरा पक्राउ परेपनि सांसद टोपबहादुरलाई भने प्रहरीले अहिलेसम्म समातेको छैन, उनी गृहजिल्ला अर्घाखाँची छन्। बुटवलबाट पक्राउ परेका सन्दीपलाई बुधबार भैरहवा हिरासतमा राखिएको थियो।


