काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले इमान्दारितका साथ काम गर्न आन्तरिक राजस्व कार्यालय बुटवल र भैरहवाका कर्मचारीलाई निर्देशन दिएका छन्। मन्त्री महतले आन्तरिक राजस्व कार्यालय बुटवल र भैरहवा कार्यालयको निरीक्षणका क्रममा यस्तो निर्देशन दिएका हुन्।
उनले नियम, कानुन र ऐनले दिएको परिधिभित्र रहेर राजस्व संकलन गर्न र त्यसको फाइदा राज्यलाई पुग्ने गरी जिम्मेवारी पूरा गर्न राजस्व कर्मचारीसँग आग्रह गरे। ‘विविध कारणले गत वर्ष लक्ष्य भेट्न सकिएन। यसपालि पनि त्यस्तै हो भन्न पाइँदैन। विस्तारै अर्थतन्त्र गतिशील हुँदै छ। सँगैसँगै करको दायरा हामीले फराकिलो बनाएका छौं,’ उनले भने।


