काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धन खरानीको डल्लाजस्तो मात्रै रहेको टिप्पणी गरेका छन् ।
उनले एमाले मिसन ८४ मा लागेको भन्दै सरकारको विषय प्राथमिकतामा नरहेको बताए ।
उनले अहिलेको गठबन्धन खरानीको डल्लो भएको बताए । उनले भने ‘खरानीको डल्लो सुक्यो भने पनि फुट्छ । भिज्यो भने पनि फुट्छ । यसको कुनै अर्थ छैन ।’


