काठमाडौं । आइतबार उच्च अंकले बढेको शृयर बजार सोमबार भने दाहोरो अंकले घटेको छ । सोमबार नेप्से परिसूचक १५.४० अंकले घटेर १९४८.५७ विन्दुमा कायम भएको छ।
सोमबार ४ अर्ब ८४ करोड २७ लाख ७४ हजार ३८६ रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।
३०३ स्क्रिप्टको १ करोड ४६ लाख ९८ हजार ५१७ कित्ता सेयर किनबेच भए। यसदिन ४ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बोटलर्स नेपाल,सामुदायिक लघुवित्त वित्तीय,डोल्टी पावर र हाथवे इन्भेस्टमेन्टको सेयर मूल्य १० प्रतिशतले बढेको हो।


