काठमाडौं । हिजो उच्च अंकले बढेको नेप्से बुधबार भने १२ अंकले घटेको छ ।
आज सेयर बजार परिसूचक १२ दशमलव १० अंकले घटेर २१६३ दशमलव ०३ विन्दुमा पुगेको छ । बुधबार ३०० कम्पनीका २ लाख १० हजार ४ सय ७१ पटकको कारोबारमा ३ करोड ३५ लाख २५ हजार कित्ता सेयर किनबेच भएको छ । जसमा कारोबार रकम भने ९ अर्ब ७६ करोड ८९ लाख ६९ हजार ८ सय ६८ रुपैयाँ रहेको छ ।
त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ११ अंकले घटेर ३९६ दशमलव ३१ विन्दुमा पुगेको छ ।


