काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५५३ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३७८९ नमूना परीक्षण गर्दा ५५३ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट २०४० र एन्टिजेनबाट १७४९ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ४५१ र एन्टिजेनबाट १०२ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।
मन्त्रालयकाअनुसार पछिल्लो २४ घन्टाको अवधिमा थप ४३३ जना कोरोनामुक्त भएका छन्। हाल कोरोना सक्रिय संक्रमितको संख्या ५६५९ पुगेको छ।


