प्रधानन्यायाधीशमा अनुमोदित कार्कीको शपथ आज साँझ ५ बजेकाठमाडौं । आज बिहान संसदीय समितिबाट प्रधानन्यायाधीशमा नाम अनुमोदन भएका हरिकृष्ण कार्कीले बेलुकी पाँच बजे शपथ लिने भएका छन् ।
राष्ट्रपति कार्यालयले प्रधानन्यायाधीश सिफारिस कार्कीलाई आजै नियुक्ति दिएर साँझ ५ बजे शपथको तयारी गरेको हो ।
संवैधानिक परिषद्ले गत वैशाख २५ गते संवैधानिक परिषद्बाट प्रधानन्यायाधीश सिफारिस भएका कार्कीको संसदीय सुनुवाइ शुक्रबार भएको थियो । कार्कीले आजै सर्वोच्चमा पुगेर कार्यभार सम्हाल्ने बताइएको छ ।


