काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा शीतल निवास जाने भएका छन्।
दुवै संसदबाट पारित भएको नागरिकता विधेयकलाई राष्ट्रपतिले फिर्ता गरिदिएपछि शीतल निवास र प्रमुख सत्तारुढ कांग्रेसबीच दूरी बढेको छ। उनी दिउँसो २ बजे पार्टीका पदाधिकारीलाई लिएर राष्ट्रपति भण्डारी भेट्न शीतलनिवास जान लागेका हुन्।
उता राष्ट्रपतिको कार्यालयले पनि भेट हुन सक्ने जनाएको छ। राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले सम्भवत आजै भेट हुन सक्ने बताएका छन्।


