काठमाडौं । प्रशासक तथा गीतकार डा. दामोदर रेग्मीको भिडियो म्युजिक सार्वजनिक भएको छ । गीतमा चर्चित गायक प्रताप दास र गायिका अन्नु चौधरीको स्वर रहेको छ ।
डा. दामोदर रेग्मी कुशल प्रशासक तथा लेखक पनि हुन् । अलिकति हास्नु तिमी अलिकती म हासुँला बोलरहेको उक्त गीतमा डिवि लामाले संगीत भरेका छन् । नेपाल आइडियलबाट चर्चित बन्न पुगेका गायक प्रताप दास अहिलेका धेरै रुचाइएका गायकहरु मध्येमा पर्ने गर्दछन् ।
यस्ता सफल तथा युवा गायक गायिका र शब्दको मर्मलाई कर्णप्रिय संगीतमा ढाल्न सक्ने अर्का युवा संगीतकार डिवि लामाको संगीतले गीतलाई धेरै आकर्षक बनाएको गीतकार डा.दामोदर रेग्मीले बताए । संगीतकार डि वि लामाले डा. दामोदर रेग्मीको गीतका हरेक शब्द गहन रहेको र त्यसमा गायक गायिकाले पूर्ण न्याय गरेको बताए । गायक प्रताप दासले गीतका शब्द साह्रै मर्मस्पर्सी रहेको र यस्तो गीत गाउन पाउँदा खुशी लागेको वतए । गायिका अन्नु चौधरीले यो गीतले हरेक परिस्थितिलाई सामना गरि अघि बढ्नु पर्ने सकारात्मक सन्देश दिएको वताइन। अलंकार डिजिटल स्टुडियोमा रेकर्ड भएको उक्त गीतका एरेन्जर विशाल निरौला र रेकर्डिस्ट रन्जन राई रहेका छन् ।


