काठमाडौं । प्रि बजेट छलफलका क्रममा सांसदहरूले राखेका धारणाका विषयमा आज अर्थमन्त्री प्रकाश शरण महतले जवाफ दिँदैछन्
गत आइतबार बसेको प्रतिनिधिसभा कार्य व्यवस्था समितिको बैठकले गरेको निर्णय अनुसार तीन दिनसम्म सांसदहरूले राखेका प्रि बजेटका बारेमा आज अर्थमन्त्री महतले जवाफ दिन लागेका हुन् ।
गत वैशाख २५ देखी प्रि बजेटका बारेमा छलफल भए अनुसार सांसदहरूले आ–आफ्नो धारणा राखिसकेका छन् । अर्थमन्त्री महतले राष्ट्रिय सभामा सांसदहरुले उठाएका सवालको जवाफहरू भने हिजै दिइसकेका छन् ।
संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते आउन लागेको बजेटको पूर्व सन्ध्यामा राजनीतिक दलहरूले प्रि बजेटका बारेमा छलफल सुरु गरेका थिए ।


