काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
निगमले भारतबाट मूल्य बढेर आएको भन्दै निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलम प्रतिलिटर ३ रुपियाँले दरले मूल्य बढाएको हो ।
बढेको मूल्य मंगलबार बिहान १ बजेदेखि लागू हुने छ । निगमले केही समयअघि मात्रै प्रतिलिटर ४ रुपियाँका दरले मूल्य बढाएको थियो ।


