काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट शतप्रतिशत कार्यान्वयन हुने बताएका छन् । मन्त्री महतले मंगलबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यसपालि भिन्न किसिमले बजेट प्रस्तुत भएकाले शतप्रतिशत कार्यान्वयन हुनेमा विश्वास व्यक्त गरे।
उनले भने,’यसपाली बजेट भिन्न किसिमले आएको छ । बजेट त आएको हो तर कार्यान्वयन हुन्छ र रु भन्ने प्रश्न विगतमा उब्जिने गरेको भएपनि यसपटक बजेट कार्यान्वयन गर्न सकिन्छ।’
सोमबार १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट प्रस्तुत भएको छ।
अर्थमन्त्री महतले यो वर्ष राजश्व वृद्धि हुने अनुमान गरेको बताए। बजेटले अर्थतन्त्रलाई चलायमान बनाउन सकिने उनको भनाइ छ। राजश्व चलायमान भए शतप्रतिशत राजश्वको भोलुम बढ्ने उनले बताए।
उनले नीतिगत सुधारका कुराहरू बजेटले बोलेको बताए। समग्रमा बजेटले आउने दिनमा आथिक वृद्धि र आर्थिक वृद्धिको पहुँचमा आमनागरिक पुर्याउने लक्ष्य लिएको बताउँदै अर्थमन्त्री महतले बजेटमा पूर्वाधार विकासमा जोड दिएको बताए।


