काठमाडौं । बारा क्षेत्र नम्बर–२ मा मतगणना जारी छ ।
पछिल्लो मत परिणाम अनुसार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नौ हजार ८७० मत पाएका छन् । उनका प्रतिस्पर्धी जनमत पार्टीका उमेदवार शिवचन्द्र कुशवाहले ६ हजार ७७१ मत ल्याएका छन् भने रहेका नेकपा एमालेका उमेदवार पुरुषोत्तम पौडेलले तीन हजार ७०० मत प्राप्त गरेका छन् ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उमेदवार रमेश खरेल एक हजार १७४ मतसहित चौथो स्थानमा छन् ।


