काठमाडौं । हिजोको तुलनामा आज डलरको भाउ केही महंगो भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विदेशी मुद्राको विनियमदर अनुसार एक अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्रीदर १३३ रुपैयाँ १६ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९६ पैसा थियो।
त्यस्तै आज एक युरोपियन यूरोको खरिद दर १४३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४३ पैसा निर्धारण भएको छ। त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिद दर १६८ रुपैयाँ २२ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९८ पैसा निर्धारण भएको छ।
आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ८६ रुपैयाँ ७५ पैसा निर्धारण भएको छ।


