काठमाडौं । केही दिनदेखि लगातार बढिरहेको शेयर बजार आज पनि झिनो अंकले बढेको छ ।
बुधबार नेप्से ५.१७ अंकले बढेको हो। आज ७७ करोड २७ लाखको कारोबार भएको छ ।
आज कारोबारमा आएकामध्य १११ कम्पनीको सेयर मूल्य बढेको छ भने १०८ कम्पनीको घटेको छ। त्यसैगरी २० कम्पनीको सेयरमूल्य स्थिर नै छ।
ग्लोबल आईएमई लघुवित्तको सेयरमूल्य सर्वाधिक ८.०७ प्रतिशतले बढेको छ। सोनामपुर मिनिरल एण्ड आयल कम्पनीको सर्वाधिक ५ करोड ६१ लाखको कारोबार भएको छ।
कर्पोरेट डेभलपमेन्ट कम्पनीको सेयरमूल्य सर्वाधिक ६.३८ प्रतिशतले घटेको छ।


