काठमाडौ । नयाँ सरकार गठन भएसँगै निरन्तर उकालो लागेको सेयर बजार आज प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने दिन उच्च अंकले गिरावट आएको छ । । कारोबारको सुरुबाटै तलमाथि गरेको बजार अन्ततः २१.३५ अंकले घटेर २१९०.४२ विन्दुमा रोकिएको छ । बैकिङ समूह र म्युचुअल फण्ड बाहेक सबै उपसमूह घटेका छन् ।
बजार घटेपनि कारोबार रकममा भने उल्लेख्य सुधार आएको छ । आजको बजारमा ७ अर्ब ६५ करोड रुपैयाँ भन्दा बढीको सेयर खरिद बिक्री भएको छ ।
कारोबारमा २५४ कम्पनी सामेल थिए । कारोबार रकमका आधारमा ङ्यादी ग्रुप र अपी पावर कम्पनी अग्रस्थानमा छन् । सेयरको मूल्य वृद्धिका आधारमा भने बाराही हाइड्रोपावर र सिंगटी हाइड्रोपावर अगाडि छन् ।


