मुख्यमन्त्री पाण्डेले दिए राजीनामा
काठमाडौं । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफ्नो पदबाट राजीनामा दिएका छन् । पाण्डेले आज बिहान प्रदेश प्रमुखलाई राजीनामा बुझाएका हुन् ।
गत चैत फागुन २३ गते माओवादीले समर्थन फिर्ता लिएपछि पाण्डे नेतृत्वको सरकार अल्पमतमा परेको थिए ।
बुधबार बिहान मन्त्रिपरिषद् बैठक बसेर मुख्यमन्त्री पाण्डेले राजीनामा दिने निर्णय गरेका थिए । सत्ता गठबन्धन फेरिएपछि नेकपा माओवादी केन्द्रले गत माघ २३ मा समर्थन फिर्ता लिएको थियो। संवैधानिक व्यवस्था अनुसार ३० दिनभित्र अर्थात् फागुन २२ गतेभित्र विश्वासको मत लिनुपर्ने थियो। तर उनले राजीनामा रोजेका छन्।
६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ सांसदको आवश्यकता पर्छ। कांग्रेसको हाल २७ सांसद छन्।


